असोज मसान्तसम्म २७ वाणिज्य बैंकहरुमा कुल ३५ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप (बचत रकम) संकलन भएको छ।
एक वर्षको अवधिमा कुल निक्षेप रकम २२ प्रतिशत अर्थात ६ खर्ब ६१ अर्बले बढेको छ। यस्तो निक्षेप रकम गत वर्षको असोज मसान्तसम्म २८ खर्ब ७७ अर्ब रुपैयाँ थियो।
निक्षेपमा भएको वृद्धिअनुसार कर्जा (ऋण) प्रवाह भने बढ्न सकेको छैन। एक वर्षको अवधिमा कर्जा प्रवाह जम्मा १५ प्रतिशतले बढेको छ। असोज मसान्तसम्म बैंकहरुले प्रदान गरेको कर्जा ३० खर्ब १७ अर्ब छ। गत असोज मसान्तसम्म यस्तो कर्जा २६ खर्ब १९ अर्ब थियो।
कोरोनाभाइरसको असरका कारण कर्जा प्रवाह बढ्न नसकेको राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले बताए।
‘लकडाउनका कारण ऋण विस्तार हुन सकेन, उद्योग व्यवसाय ठप्प हुँदा कर्जामा असर परेको हो, अब क्रमिक रुपमा बढ्ला’ उनले भने।
निक्षेप संकलनमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ भने कर्जा प्रवाहमा एनआइसी एसिया।
बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकमा २ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
यो वित्तीय संस्थाहरुबाहेकको संस्थागत तथा व्यक्तिगत दुवैतर्फको संयूक्त निक्षेप हो। बैंकले गत वर्षको असोज मसान्तसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो।
राष्ट्रिय वाणिज्य बैंकपछि एनआइसी एसिया बैंकले संकलन गरेको निक्षेप धेरै छ। सो बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसपछि क्रमशः ग्लोबल आइएमई बैंक, नविल, इन्भेष्टमेन्ट बैंक छन्।
कर्जा प्रवाहमा एनआइसीपछि ग्लोबल आइएमई, नविल, राष्ट्रिय वाणिज्य बैंक क्रमशः छन्।
हेर्नुस्, असोज मसान्तसम्म कुन बैंकको निक्षेप संकलन कति, ऋण प्रवाह कति?
बैंक
|
निक्षेप
|
कर्जा
|
राष्ट्रिय वाणिज्य
|
२ खर्ब ३८ अर्ब
|
१ खर्ब ५४ अर्ब
|
एनआइसी एसिया
|
२ खर्ब ३१ अर्ब
|
२ खर्ब ३ अर्ब
|
ग्लोबल आइएमई
|
२ खर्ब २४ अर्ब
|
२ खर्ब ३ अर्ब
|
नविल
|
१ खर्ब ९६ अर्ब
|
१ खर्ब ६६ अर्ब
|
इन्भेष्टमेन्ट
|
१ खर्ब ८४ अर्ब
|
१ खर्ब ४४ अर्ब
|
एभरेष्ट
|
१ खर्ब ५६ अर्ब
|
१ खर्ब २२ अर्ब
|
सिद्धार्थ
|
१ खर्ब ४९ अर्ब
|
१ खर्ब ३१ अर्ब
|
नेपाल
|
१ खर्ब ४५ अर्ब
|
१ खर्ब १२ अर्ब
|
कृषि विकास
|
१ खर्ब ४० अर्ब
|
१ खर्ब २३ अर्ब
|
एनएमबि
|
१ खर्ब ४० अर्ब
|
१ खर्ब ३२ अर्ब
|
प्रभु
|
१ खर्ब ३३ अर्ब
|
१ खर्ब १९ अर्ब
|
मेगा
|
१ खर्ब २९ अर्ब
|
१ खर्ब २१ अर्ब
|
हिमालयन
|
१ खर्ब २८ अर्ब
|
१ खर्ब ४ अर्ब
|
प्राइम
|
१ खर्ब २४ अर्ब
|
१ खर्ब १७ अर्ब
|
कुमारी
|
१ खर्ब १७ अर्ब
|
१ खर्ब १५ अर्ब
|
एसबिआई
|
१ खर्ब १२ अर्ब
|
९२ अर्ब
|
माछापुच्छ्रे
|
१ खर्ब ११ अर्ब
|
१ खर्ब १ अर्ब
|
सानिमा
|
१ खर्ब ८ अर्ब
|
९८ अर्ब
|
लक्ष्मी
|
१ खर्ब १ अर्ब
|
८९ अर्ब
|
सिटिजन्स
|
९७ अर्ब
|
८४ अर्ब
|
बिओके
|
९३ अर्ब
|
८१ अर्ब
|
सनराइज
|
९१ अर्ब
|
८७ अर्ब
|
स्टान्डर्ड चार्टड
|
८२ अर्ब
|
५३ अर्ब
|
एनसिसी
|
८० अर्ब
|
७० अर्र्ब
|
सेन्चुरी
|
७९ अर्ब
|
६५ अर्ब
|
सिभिल
|
६९ अर्ब
|
५८ अर्ब
|
नेपाल बंगलादेश
|
६८ अर्ब
|
६१ अर्ब
|