समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
अब ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन्।
करिब पाँच लाखभन्दा बढी ग्राहक रहेको बैंकका ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर संचालनमा छन्। बैंकले ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।