सेयर बजारको परिसूचक नेप्से सोमबार ७२ अंकले बढेको छ।
सो अंकको वृद्धिपछि परिसूचक २ हजार ४ अंकमा पुगेको छ। बजार खुलेको १ घण्टा केही उतारचढाव देखिए पनि १२ बजेपछि बजार उकालो लागेको थियो।
यस दिन कारोबार रकममा भने केही कमी आएको छ। ६ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो। सबै समूहहरु बढेका छन्।
बैंकिङ समूह ३१, ब्यापार १३०, होटल ६०, विकास बैंक ४३, जलविद्युत ९८, फाइनान्स २०, निर्जीवन बीमा ४०५, उत्पादन २२४, अन्य ८०, माइक्रोफाइनान्स १२७ तथा जीवन बीमा ६९८ अंकले बढेका छन्।
यस दिन नारायणी डेभलपमेन्ट र रसुवागढी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो। ती कम्पनीको मूल्य प्रतिकित्ता क्रमशः ३३० र २८६ रुपैयाँ कायम भएको छ।
विशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, माथिल्लो तामाकोसी, सान्जेन जलविद्युतको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर अगाडि रहे। सो कम्पनीको संस्थापक सेयर मूल्य ६.६७ प्रतिशतले घटेको छ।
यस दिन पनि कारोबारका आधारमा पुनर्बीमा कम्पनी अगाडि रह्यो। सो कम्पनीको १ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार खुलेको १ घण्टासम्म अत्याधिक उथलपुथल देखिएको कम्पनीको मूल्य अन्तिममा बढेर प्रतिकित्ता १६३० कायम भएको छ। कम्पनीको मूल्य आज न्यूनतम १४२० रुपैयाँदेखि अधिकतम १६७० सम्म कायम भयो।
नेपाल लाइफ इन्स्योरेन्सको ४७ करोड रुपैयाँ तथा टेलिकमको ३३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल लाइफको मूल्य प्रतिकित्ता १८९५ कायम भएके छ भने टेलिकमको १२१९ रुपैयाँ कायम भएको छ।