हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले तीन महिनामा ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
यस आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ती कम्पनीहरुले सो रकम संकलन गरेका हुन्।
जसमध्ये ९ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमा शुल्कवापतको आर्जन हो भने २३ अर्ब २० करोड रुपैयाँ बीमा नवीकरण गर्नेहरुबाट संकलन भएको हो। त्यस्तै ४ करोड रुपैयाँ वैदेशिक रोजगार शुल्क आर्जन भएको छ।
असोज महिनामा मात्रै कुल ११ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ। संकलित बीमा शुल्कमा नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा मात्रै २७. ९ प्रतिशत छ।
असोज महिनामा ६ लाख १० हजार १६२ नयाँ बीमा लेख जारी भएका छन्। भने साउन, भदौ र असोज महिनामा कुल ७८ लाख ६८ हजार ५०४ बीमालेख जारी छन्।
बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी ३३ अर्ब ४४ करोड रुपैयाँ छ। हाल जीवन बीमा कम्पनीहरुका देशभर १ हजार ८९६ वटा कार्यालय रहेको समितिले जनाएको छ।
कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क?
बीमा कम्पनी
|
असोजमा संकलित शुल्क
|
साउन, भदौ, असोजमा संकलित शुल्क
|
राष्ट्रिय बीमा कम्पनी
|
४७ करोड
|
४ अर्ब ३५ करोड
|
नेसनल लाइफ
|
१ अर्ब ७ करोड
|
२ अर्ब ८२ करोड
|
नेपाल लाइफ
|
२ अर्ब ८२ करोड
|
९ अर्ब १ करोड
|
एलआइसी नेपाल
|
२ अर्ब ५३ करोड
|
५ अर्ब ५ करोड
|
मेट लाइफ
|
५० करोड
|
१ अर्ब २२ करोड
|
एसियन लाइफ
|
६४ करोड
|
१ अर्ब ४७ करोड
|
सूर्या लाइफ
|
३१ करोड
|
८५ करोड
|
गुराँस लाइफ
|
४५ करोड
|
९७ करोड
|
प्राइम लाइफ
|
४३ करोड
|
१ अर्ब ६ करोड
|
आइएमई
|
२० करोड
|
५४ करोड
|
युनियन लाइफ
|
६० करोड
|
१ अर्ब ५२ करोड
|
ज्योति लाइफ
|
१९ करोड
|
५४ करोड
|
सन नेपाल
|
२० करोड
|
४३ करोड
|
रिलायन्स लाइफ
|
२२ करोड
|
४८ करोड
|
रिलायल नेपाल
|
२२ करोड
|
५४ करोड
|
सिटिजन्स लाइफ
|
२६ करोड
|
६३ करोड
|
सानिमा लाइफ
|
१८ करोड
|
३५ करोड
|
प्रभु लाइफ
|
११ करोड
|
२५ करोड
|
महालक्ष्मी
|
९ करोड
|
२० करोड
|