सनराइज बैंकले सस्तोडिलको ९ औं वर्षको उपलक्ष्यमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।
यस योजना अन्तर्गत बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार छ सय रूपैयाँसम्म बैंकले क्यास व्याक प्रदान गर्नेछ।
यो योजना मंसिर २६ देखि ३० गतेसम्म रहने छ।
कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहितगर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ।