ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरे।
सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्ने छ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ।
आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो।