सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांस घोषणा गरेको छ।
जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो।
मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।