माछापुच्छ्रे बैंक र एमएडब्ल्यु अर्थमुभर्स कम्पनीका ग्राहकलाई जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट किन्न बैंकले सहुलियत कर्जा दिने भएको छ।
सहुलियत कर्जाको लागि बैंक र कम्पनी बीच सम्झौता भएको छ।
कम्पनीका अध्यक्ष बिष्णु कुमार अग्रवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले देशभर रहेका शाखाकार्यालयहरु र कम्पनीका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवाप्रदान गर्नेछ।
बैंकले १६० शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्स काउण्टर १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन मार्फत सेवा दिइरहेको छ।