सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर- कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
सोसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ। बैंकले सो शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललाई नियूक्त गरेको छ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत ग्राहकले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सक्ने छन्।
यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने बैंकले जनाएको छ।
हालसम्म बैंकका १३९ वटा शाखा, ५५ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम संचालनमा छन्।
७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।