ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ३९पुगेको छ ।
गुलरिया नगरपालिका वडा-२, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको नगरपालिकाका मेयर मुक्तिनाथ यादवले उद्घाटन गरेको बैंकले बताएको छ।
सेवा प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेल नियुक्त भएका छन्।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने बताइएको छ।
यस सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, मोवाइल रिचार्ज बिजुलीको महशुल भुक्तानी लगायतका सेवा लिन सकिने बैंकले जानकारी दिएको छ।
ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत २१ लाखभन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।