नबिल बैंकको सोमबार बसेको संचालक समितिको ५५२ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ।
बैंकले कर सहित कुल ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ३३.५ प्रतिशत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण हुने बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्ष उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ।
बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३८ अर्ब पुर्याएको छ। बैंकको संचालन मुनाफा ५ अर्ब ९ करोड रहेको छ।
आ.व. २०७५/७६ मा वित्तीय क्षेञबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ।
यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजीबैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।