सनराइज बैंकले झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका–६ शान्तिनगर गौंडामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। याे शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंककाे साे सेवा संख्या ५६ पुगेको छ।
बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुनिल वस्नेत नियुक्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुद्ध शान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौलाको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेज बहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम छ।