एनएमबी बैंकले कर्पोरेट–पे ल्याउन नेपाल क्लियरीङ हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी यस्तो सम्झौता गरिएको हो।
कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलब भुक्तानी, सरकारी कर भुक्तानी सहजता प्रदान गर्नेे बताइएको छ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।