एनएमबी बैंकले एकै पटक तीन नयाँ स्थानमा शाखारहित सेवा सुरु गरेको छ। वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको हो।
बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो। यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ।
बैंकको १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १० हजार भन्दा बढी क्यूआर कोड छ।