सेयर बजारको परिसूचक नेप्से आइतबार करिब ४० अंकले झरेको छ। ३९. ९ अंकको गिरावटपछि परिसूचक १९९८ मा आएको छ।
यस दिन कारोबार रकममा पनि कमी आएको छ। दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुने गरेकोमा यस दिन ४ अर्ब ६२ करोडको किनबेच भयो।
सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ २३, ब्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत ३०, फाइनान्स ५, निर्जीवन बीमा २३८, उत्पादन ४६, अन्य ४३, माइक्रोफाइनान्स ४१, जीवन बीमा ५१९ अंकले घटेका छन्।
यस दिन नारायणी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशतले घटेको छ। त्यस्तै सोल्टी होटलको मूल्य ५.८५, विशाल बजार कम्पनीको मूल्य ५.५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नविल बैंकको ३९ करोड रुपैयाँको कारोबार भयो।