सनराइज बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४ प्रश्वनीमा उक्त सेवा सुरु गरेको हो। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ।
यो बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलाइ नियुक्त गरिएको बैंकको भनाइ छ।
हालसम्म सनराइज बैंकको १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम छन्।