ग्लोवल आइएमइ बैंकले दाङ र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
दाङकको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा उक्त सेवा संचालनमा ल्याएको हो। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ।
अब त्यहाँका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने बैंकको भनाइ छ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिन्छ।
यो बैंकको ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्स्टेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २४३ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्।