लक्ष्मी बैंकले ‘माइ मोबाइल मनि’ भडियो प्रतियोगिता घोषणा गरेको छ।
बैंकले डिजिटल बैंकिङको विशेषता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो। यो प्रतियोगितामा सहभागीले लक्ष्मी बैंकको मोबाइल बैकिङ सेवासम्बन्धी भिडियो तयार पार्नुपर्नेछ।
सो भिडियोको सृजनात्मकता र सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिने बैंकले बताएको छ। विजेताले ५० हजारसम्मको नगद पुरस्कार पाउने छन्।
प्रतियोगिताको नियमहरु यो बैंकको वेवसाइटमा राखिएको छ। उक्त अभियान एक महिनासम्म चल्ने बैंकको भनाइ छ।