प्रभु बैंकले कर्पोरेट–पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ।
उक्त सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई उक्त डिजिटल प्ल्याट्फर्म प्रदान गर्न लागेको हो। यसमार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिने कम्पनीले बताएको छ।
सो प्रणाली मार्फत कनेक्ट आइपिएस वा एनसिएचएल–आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिन्छ।