ग्लोवल आइएमई बैंकले प्युठानको लिवाङस्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ। यससँगै ग्लोवल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ।
उक्त एटिएम सेवा खड्गदल गन, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे।
बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याएको बताएको छ।
यो बैंकको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधी/सम्पर्क कार्यालय छन्।