बुधबार सेयर बजारको परिसूचक (नेप्से) ४९ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै परिसूचक २०६२ अंकमा कायम भएको छ। कुल ४ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन बैंकिङ ३०, ब्यापार १८२, जलविद्युत १४, फाइनान्स १, निर्जीवन बीमा १४६, उत्पादन ३४८, अन्य ७३, माइक्रोफाइनान्स ८५ र जीवन बीमा समूह १५३ अंकले बढेका छन्।
होटल १९ र विकास बैंक समूह ०. ७५ अंकले घटेका छन्। यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन्।
त्यस्तै नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक 'कन्भर्टिवल' सेयर लगानीकर्ताले पनि करिब १० प्रतिशत मूल्य कमाएका छन्।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने १० प्रतिशत मूल्य गुमाए। शिवम् सिमेन्टको सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको मूल्य ८. ७ प्रतिशतले बढेर १५८० रुपैयाँ कायम भएको छ।
एनआइसी एसिया बैंकको ३२ करोड रुपैयाँको कारोबार भयो। कम्पनीको मूल्य ३.३ प्रतिशतले बढेर ८७० रुपैयाँ कायम भएको छ।