सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरू गर्ने भएको छ।
बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो। बैंकले ग्राहकहरूमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले याे सेवा सुरू गरेकाे हाे।
यो बैंकको सबै डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल, फोन, ट्याबलेट र कम्प्युटरबाट पनि चलाउन सकिने बताइएको छ।
बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८३ वटा एटिएम संचालनमा छन्।