माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
सम्झौतापछि महिन्द्रा बाण्डको गाडीहरु किन्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कपोर्टेडका देशभरी रहेका डिलरबाट सवारीसाधान किन्न चहानेलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ।
यो बैंकको १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउन्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु छन्।