वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन योजना ‘दशैंको सौगात’अन्तर्गत ‘बम्पर लक्की ड्र’का विजेता घोषणा गरेको छ।
काठमाडौंमा एक कार्यक्रमबीच सिजी फिन्कोबाट रकम प्राप्त गरेकी ‘बम्पर लक्की ड्र’की विजेता कल्पना शाहीलाइ विजेता घोषणा गरिएको हो। सिजी फिन्कोका डिजिएम नरबहादुर केसीले उनलाइ १० लाख दिएका हुन्।
विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानि गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन्।
यो प्रवद्र्धन योजना दशैं, तीहार र छठ पर्वको अवसर पारेर अक्टोबरमा सार्वजनिक गरिएको थियो। योजनाअन्तर्गत हरेक हप्ता १० भाग्यशाली विजेताले २५ हजार जित्ने अवसर पाएका थिए।
योजना अवधिभरका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबारबाहेक)लाई स्वचालित रूपमा ‘बम्पर लक्की ड्र’मा समावेश गरिएको थियो ।
यो योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन अन्नपूर्ण ट्राभल, सिजी फिन्को हुलास रेमिट्यान्स, माया रेमिट प्राली, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्राली र सूर्य रेमिट प्रालीबाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त थियो।