दिनभरको उतारचढावका बाबजुत सेयर बजारको परिसूचक नेप्से बुधबार १३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २१७८ अंकमा कायम भएको छ।
यस दिन ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण २९ खर्ब ३४ अर्ब कायम भएको छ।
बैंकिङ ११, होटल ०.८, विकास बैंक २२, फाइनान्स ३, निर्जीवन बीमा ११२, उत्पादन ३०, अन्य ६, माइक्रोफाइनान्स ५६, जीवन बीमा २४ अंकले बढेका छन्। ब्यापार २० र जलविद्युत समूह १२ अंकले घटेका छन्।
कालिका माइक्रोक्रेडिटको मूल्य सबैभदा धेरै १० प्रतिशतले बढेको छ। जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको शिखर इन्स्योरेन्सको २० करोडको किनबेच भयो।
नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८. ५ प्रतिशतले घटेको छ। त्यस्तै जोशी हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ।