प्रभु बैंक इलाम शाखा कार्यालयले इलाम जिल्ला अस्पतालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले इलाम जिल्ला अस्पतालका मे.सु. डा. प्रभु शाहलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
सो आर्थिक सहयोगमा अस्पतालमा जडान हुने एरो प्लाण्टबाट व्यवस्थित रुपमा सफा खानेपानी वितरण हुने अपेक्षा गरिएको छ। साथै अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने बैंकको विश्वास छ।
कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायतको उपस्थिति थियो।