ग्लोबल आइएमई बैंक लिमिटेडले क्यासब्याक योजना ल्याएको छ।
स्थापनाको १४औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्तालाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो।
बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिएर हालसम्म कुनै कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा १०० नगद (क्यास ब्याक) पाउने छन्।
बैंकको २६४ शाखा, २४० एटिएम, २४३ शाखा रहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, एक सिडिएस क्लियरिङ काउन्टर सहित, २३ राजश्व कलेक्सन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्र रहेको छ।