ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे।
कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पुरा गर्नका सम्झौता गरिएको बताएको छ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने छ।
हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने बताइएको छ।
यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूजीँ अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जिवनस्तर उकास्न उल्लेख्य योगदान पुर्याउने छ।
यससँगै बैंकले बैंकिङ्ग साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्नेछ।
यो बैंकले हालसम्म २६४ शाखा सहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ। त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।