सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले दुईवटा म्यासकट सार्वजनिक गरेको छ। शक्रबार बैंकले 'सरल' र 'शताब्दी' नामका दुईवटा म्यासकट सार्वजनिक गरेको हो।
बैंकको व्यवसाय प्रबर्धन, पहिचान र प्रचार/प्रसार गर्न र बजार बिस्तारका लागि म्यासकट सार्वजनिक गरिएको बैंकको भनाइ छ।
म्यासकटले बैंकिङ अनुभवलाई अझ सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बताइएको छ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्दत पुग्ने विश्वास लिइएको छ।