मुक्तिनाथ विकास बैंकको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सनिबार भएको उक्त साधारण सभाले आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ।
साथै आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको बैंकको भनाइ छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखे।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाबारे जानकारी गराए। सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखे।
बैंकले भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराएको थियो।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।