ग्लोबल आइएमइ बैंकले विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाइ न्यानो कपडा वितरण गरेको छ।
बंैकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरे।
ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरु गर्दै आएको छ।
यो बैंकको ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटिएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सिडिएस एन्ड क्लियरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधी कार्यालय छन्।