आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरमा नायिका मनिषा कोइरालालाई नियुक्त गरिएको छ। उनी आइएमइ लाइफको जीवन बीमाको ब्रान्ड दुतको भूमिकामा रहने छिन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फ्याल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कोइरालाले आइएमइ लाइफको ब्रान्ड तथा यसको मूल्यमान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताइएको छ।