नेपाल बङ्गलादेश बैंकको २६औं साधारण सभा सम्पन्न भएको छ। आइतबार बैंकको कमलादी कार्यालयबाट भर्चुअल्ली रुपमा सभा सम्पन्न गरिएको हो।
बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले कार्यक्रमको अध्यक्षता गरेका थिए।
उक्त कार्यव्रmममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्द नाथ ढुंगेल, मोहमद साह आलम सरवर, दीपक कार्की, कमरुन नहर अहमदकाको उपस्थिती थियो।
साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका प्रतिनिधीको उपस्थिती थियो।
उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिती रहेको बैंकको भनाइ छ।
९० जनाभन्दा बढी शेयरधनीहरू जुम वेविनारमार्पmत् जोडिएका थिए।
उक्त साधारणसभाले आ.व २०७६÷०७७ को सञ्चालक समितीको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६÷०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गरेको छ।
साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबिबिएल सेक्युरिटिज सहितको आ.व. २०७६÷०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरिएको छ।