माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडिबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा एडिबीको तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
उक्त सम्झौतापछि एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ।
ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा हालसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ।
यो बैंकको १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन छन्।