मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा (एनइएमा) आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे।
समझदारीअनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन्। खाता खोल्दा १० लाख रुपैयाँसम्मको दूर्घटना बीमाको व्यवस्था गरिएको छ।
यसैगरी, बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन लगायत सुविधा दिने व्यवस्था गरिएको मेगा बैंकले बताएको छ।