चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँट गरिएको छ।
बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार एक कार्यक्रमका बीच आइपिओ बाँडफाँट गरेको हो।
जसअनुसार १ लाख ३९ हजार ६०० जनाले १० कित्ता पाएका छन्। अरू २ जनाले ११ कित्ता पाएका छन्।
कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर बाँडफाँट भएको हो। १२ लाख १६ हजार ९५३ आवेदन परेकोमा १० लाख ७७ हजार ३५१ जनाको हात रित्तो भएको छ।
बाँडफाँटको नतिजा केहीबेरपछि सिडिएससीको मेरो सेयरमार्फत् हेर्न सकिनेछ।
कम्पनीको आइपिओ भर्ने सबैले चन्द्रागिरि केवलकार चढ्दा १ वर्षसम्मका लागि २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
चन्द्रागिरि हिल्सपछि इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ बाँडफाँट हुनेछ। बैंकको आइपिओमा आवेदन दिनेको अन्तिम संख्या १५ लाख ५० हजार ३२५ पुगेको छ। सो बैंकको आइपिओ भने भर्नेजति सबैले पाउने छन्। धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँट गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँट गर्नुपर्छ।