नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा शुक्रबार आयोजिक कार्यक्रमबिच बाँडफाँड भएको हो।
सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको सेयर अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्।
क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्। १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण भएको छ।
यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ। क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन्।
आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनयोग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन्।
६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्य रुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

बैंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो। कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो।
कतिसम्म पुग्ला बजार मूल्य?
अहिले नै कतिपय लगानीकर्तामा बजार मूल्य कस्तो होला भन्ने खुल्दुली समेत बढेको छ।
कम्पनीको वित्तीय स्थितिअनुसार नै दोस्रो बजारले मूल्य तय गर्दछ। कम्पनीको वित्तीय स्थिति त्यति बलियो भइसकेको छैन। जसले गर्दा बजारमा तत्कालै मूल्य धेरै नबढ्ने अनुमान गर्न सकिन्छ।
यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो।
यसले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ।
आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ। पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
आब ०७९/८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ। सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।
इक्रा नेपालले कम्पनीको आइपिओलाई एनपी आईआर ट्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी तल्लो मध्यमस्तरको रहेको जनाउँछ।
४० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको यो कम्पनीमा बाँकी ६० प्रतिशत स्वामित्व नेपाल सरकार, व्यवसायिक घराना र विभिन्न बैंक तथा वित्तीय संस्थाको छ।
कस्तो छ कम्पनी?
पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ।
आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले स्रोत संकलन गर्दा कम्तीमा ५ वर्षका लागि हुनेगरी व्यक्तिगततर्फबाट न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फबाट न्यूनतम ५ करोड रुपैयाँ निक्षेपका रुपमा स्वीकार गर्दछ।
संस्थागत निक्षेपकर्तालाई ६.५ देखि ६.६ प्रतिशतसम्मको ब्याज दिन्छ भने व्यक्तिगतलाई ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्दछ। निक्षेपकर्तालाई दिने ब्याज र आयोजना ऋणीबाट लिने ब्याजको अन्तर नै कम्पनीको मुख्य आम्दानी हो।
आब ०७९/८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ। सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।
इक्रा नेपालले कम्पनीको आइपिओलाई एनपी आईआर ट्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी मध्यमस्तरको रहेको जनाउँछ।
४० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको यो कम्पनीमा बाँकी ६० प्रतिशत स्वामित्व नेपाल सरकार, व्यवसायिक घराना र विभिन्न बैंक तथा वित्तीय संस्थाको छ। यसको कार्यालय नयाँ बानेश्वरमा छ।