सानिमा बैंकले सामसुङको एस२१ सिरिज किन्दा निःशुल्क क्रेडिट कार्ड तथा शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआइ)को व्यवस्था गरेको छ। साथै सामसुङको तर्फबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ।
सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था गरिएको बैंकको भनाइ छ।
यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आइएमएस स्मार्ट प्राली र हीम इलेक्ट्रोन्सिक (सामसङ प्लाजा)सँग सम्झौता गरेको हो।
ग्राहकले आइएमएस स्मार्ट प्राली र हीम इलेक्ट्रोन्सिका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन्। उक्त योजना माघ २३ गतेदेखि उपलब्ध हुने गराइने बताइएको छ।
यो बैंकको हालसम्म ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा ए.टि.एम. संचालनमा रहेका छन्।