एनएमबी बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच सम्झौता भएको छ।
संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिमा साझेदारी स्थापना गर्नेगरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरे।
एनएमबी बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फतसेवा प्रदान गर्दै आइरहेको छ।