महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठले हाल कायम चुक्ता पुँजीबाट ९.२६% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिनेछ ।
यसर्थ, बैंकले २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ। गत वर्ष बैंकले ८% बोनस र ९.८९% नगद गरी कुल १७.८९% लाभांश दिने निर्णय गरेको थियो।