महिला लघुवित्तको आइपिओ माघ २८ गतेदेखि खुल्ने भएको छ। अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको आइपिओ बिक्री खुल्ला हुने भएको हो।
कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछिको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ।
न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ। फागुन २ गतेसम्म यसमा आवेदन दिन सकिनेछ।
बनेपामा केन्द्रीय कार्यालय भएको यस कम्पनीले आइपिओ निष्कासनका लागि इक्रा नेपालबाट बीबी रेटिङ पाएको छ। कम्पनीको रेटिङ औसतभन्दा राम्रो मानिन्छ।
आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा छ। सो अवधिसम्म प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ। मेरो सेयर अनलाइनमार्फत वा आफ्नो खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ।
त्यसअघि ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ माघ २३ गतेदेखि खुल्ने भएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।
सामुहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
छिटोमा माघ २७ सम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक बिओके क्यापिटलले जनाएको छ।