ग्लोबल आइएमई बैंक सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा संयुक्त रुपमा शाखाको उद्घाटन गरिएको बैंकले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।
उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरुका लागि उत्थानका कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुने गरी काम गर्न सुझाव दिए।
बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पालना गर्दै सेवा विस्तार गरेको बताए।
उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४जिल्लामा फैलिएको २६७ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालय मार्फत २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।