जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै झण्डै २८ प्रतिशत हिस्सा ओगटेको छ।
कम्पनीले चालु आर्थिक वर्षमा पुस मसान्तसम्म कुल १७ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन कुल संकलित रकममध्येको २७. ८ प्रतिशत हो।
सम्पूर्ण जीवन बीमा कम्पनीहरुले सो अवधिमा कुल ६३ अर्ब २० करोड संकलन गरेका छन्। कुल १९ जीवन बीमा कम्पनी संचालनमा छन्। नेपाल लाइफपछि दोस्रो स्थानमा एलआइसी नेपाल छ। सो कम्पनीको बजार हिस्सा १५. २ प्रतिशत छ।
संचालनमा रहेका जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीले सर्वसाधारणलाई आइपिओ नै जारी गरेका छैनन्। पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, ज्योति, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।
हाल सेयर बजारमा ९ वटा कम्पनी सूचीकृत छन्। मेट लाइफको नेपालमा शाखा कार्यालय मात्रै हो भने राष्ट्रिय बीमा संस्थान पूर्ण रुपमा सरकारी स्वामित्वको कम्पनी हो। पछिल्लो प्रस्तावित नयाँ विधेयकअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पनि पब्लिकमा जानुपर्नेछ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले साधारण सेयर जारी गर्न पहिले कम्पनी पब्लिकमा जानुपर्ने भए पनि राष्ट्रिय बीमा संस्थान ऐन नै बाधक बनेको स्पष्ट पारे।
‘बीमा ऐनले पब्लिक कम्पनीमा जानुपर्ने भनेको छ, उनीहरुको संस्थान ऐन अलग्गै छ, दुई ऐन बाझियो। अहिलेको प्रस्तावित नयाँ विधेयक पास गर्न संसद नै रहेन’ अधिकारीले सेतोपाटीसँग भने।
बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुमा हाल ५ हजार ७०६ जना कर्मचारी कार्यरत छन्। यी कम्पनीहरुको चुक्ता पुँजी ३३ अर्ब ६० करोड रुपैयाँ छ।
यी बीमा कम्पनीहरुले पुस मसान्तसम्म प्रथम बीमा शुल्क २१ अर्ब २५ करोड रुपैयाँ, नवीकरण शुल्क ४१ अर्ब ८० करोड र बैदेशिक रोजगार बीमावापत १५ करोड रुपैयाँ शुल्क आर्जन गरेका छन्।
यस आर्थिक वर्षमा पुस मसान्तसम्म कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क?
बीमा कम्पनीहरु
|
पुसमा संकलित शुल्क
|
पुस मसान्तसम्मको शुल्क
|
बजार हिस्सा
|
नेपाल लाइफ
|
३ अर्ब ७२ करोड
|
१७ अर्ब ६२ करोड
|
२७.८
|
नेसनल लाइफ
|
१ अर्ब ७ करोड
|
५ अर्ब ५४ करोड
|
८.७
|
राष्ट्रिय बीमा संस्थान
|
२८ करोड
|
५ अर्ब ८१ करोड
|
९.१
|
एलआइसी
|
२ अर्ब ४९ करोड
|
९ अर्ब ६१ करोड
|
१५.२
|
मेटलाइफ
|
५४ करोड
|
२ अर्ब ५ करोड
|
३.२
|
एसियन लाइफ
|
८६ करोड
|
३ अर्ब १६ करोड
|
५
|
सूर्या लाइफ
|
७४ करोड
|
२ अर्ब २९ करोड
|
३.६
|
गुराँस लाइफ
|
७३ करोड
|
२ अर्ब १३ करोड
|
३.३
|
प्राइम लाइफ
|
३६ करोड
|
२ अर्ब २ करोड
|
३.१
|
आइएमई लाइफ
|
३५ करोड
|
१ अर्ब २३ करोड
|
१.९
|
युनियन लाइफ
|
८७ करोड
|
३ अर्ब ३० करोड
|
५.२
|
ज्योति लाइफ
|
५० करोड
|
१ अर्ब ४४ करोड
|
२.२
|
रिलायन्स लाइफ
|
३६ करोड
|
१ अर्ब १७ करोड
|
१.८
|
रिलायबल लाइफ
|
३५ करोड
|
१ अर्ब ३४ करोड
|
२.१
|
सिटिजन लाइफ
|
३३ करोड
|
१ अर्ब ४४ करोड
|
२.२
|
सन नेपाल लाइफ
|
२६ करोड
|
९९ करोड
|
१.५
|
सानिमा लाइफ
|
३० करोड
|
९७ करोड
|
१.५
|
प्रभु लाइफ
|
१९ करोड
|
६३ करोड
|
०.९
|
महालक्ष्मी लाइफ
|
११ करोड
|
४६ करोड
|
०.७
|