बोलपत्र आह्वान गरी एनबी ग्रुपले एनसिसी बैंकको २५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।
बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एनसिसी बैंक संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
अरु संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति वा संघसंस्थाले शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन्।
फागुन २ गतेदेखि ९ गतेसम्म आवेदन पेश गर्न सकिने क्यापिटलले जनाएको छ। बोलपत्र आह्वान गर्दा बैंकको सेयरमा कम्तीमा प्रतिकित्ता १४० रुपैयाँ तोकेको हुनुपर्नेछ। १४० रुपैयाँभन्दा माथि सबैभन्दा धेरै तोक्नेलाई प्राथमिकता दिएर संस्थापक सेयर बाँडफाँड हुनेछ।
न्यूनतम १ हजार र अधिकतम सबै अर्थात २५ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ।
बोलकबोलबाट सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले सनराइज क्यापिटलबाट १ सय रुपैयाँ भुक्तानी गरी फारम लिन सक्नेछन्।
धेरै मूल्य तोक्नेलाई प्राथमिकता दिई फागुन १० गते दिउँसो १ बजे बोलपत्र खोलिने क्यापिटलले जनाएको छ।