नबिल बैंकले साना तथा मझौला उद्यमी व्यवसायीहलाई सहयोग गर्न उपाया सर्भिसेजसँग सहकार्य गर्ने भएको छ।
उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्नका लागि बैंकले उपायासँग सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यस बाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ।
सम्झौतापत्रमा नबिल बैंकको एसएमइ तथा लघुवित्त प्रमुख निरजकुमार वस्नेत र उपायाका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन्।