ज्योति विकास बैंकले काठमाडौं न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई शौचालयको पुनर्निर्माणका लागी आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सहयोग गरेको हो।
सो बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीले हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका श्रीमती हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माणका लागी २ लाख बराबरको सहयोग गरे।
उक्त विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० बढी विद्यार्थीहरुलाई न्यूनतम शूल्कमा अध्यापन गराइरहेको छ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ।