एक सातामा २७ वाणिज्य बैंकहरुको कर्जा प्रवाह २० अर्बले बढेको छ।
माघ १६ गतेसम्म यी बैंकहरुले ३२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा २३ गतेसम्म ३२ खर्ब ८८ अर्ब पुगेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार यस अवधिमा निक्षेप संकलन भने जम्मा ५ अर्ब मात्रै बढेको छ। माघ १६ गतेसम्म ३७ खर्ब ७९ अर्ब निक्षेप संकलन भएकोमा २३ गतेसम्म ३७ खर्ब ८४ अर्ब पुगेको छ।
त्यसअघिको साता कर्जा प्रवाह २१ अर्बले बढेको थियो भने निक्षेप संकलन १० अर्बले बढेको थियो।
पछिल्ला साता निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढेको छ। बैंकको आधार दर घटेसँगै ब्याजदर घट्ने अपेक्षामा रहेका ऋणीले माघ लागेपछि ऋण लिन थालेका हुन्।