ग्रीनलाइफ हाइड्रोपावरको आइपिओमा १३ लाखभन्दा धेरैले आवेदन दिएका छन्।
बिक्री प्रवन्धक बिओके क्यापिटलका अनुसार करिब १३ लाख ३८ हजारले २ अर्ब ४० करोड रुपैयाँ बराबरका लागि आवेदन दिएका हुन्।
सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि सर्वसाधारणका लागि कुल ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर बाँडफाँड हुनेछ।
३ लाख २५ हजार १६५ जनाले कम्पनीको सेयर पाउने छन्। तिमध्ये दुई जनाले ११–११ कित्ताका दरले सेयर पाउने छन् भने अरूले १० कित्ताका दरले पाउने छन्।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार सबैलाई पुगेसम्म १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ। यो कम्पनीको आइपिओ सबैलाई बाँड्न पुग्दैन। १० लाखको हात रित्तो हुनेछ।
कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गर्दैछ।