एनएमबी बैंकले बिएन्डबी अस्पतालमा एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।
उक्त सेवाको उद्धघाटन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिएन्डबी बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरे।
कार्यक्रममा एनएमबी बैंकबाट कर्मचारीहरु र बिएन्डबीका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना बास्कोटा लगायतको उपस्थिति थियो।
उपचारको लागी आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले बैंकले उक्त सेवा संचालनमा ल्याएको हो। बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।