नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्।
सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
प्रसाईलाई सिइओ नियुक्त गरेको समितिले स्वीकृतिका लागि बीमा समितिमा पठाउने छ। समितिले स्वीकृत गरेपछि प्रसाईले कार्यभार सम्हाल्ने छन्।
यसअघिका सिइओ विवेक झा गत साउनमा बाहिरिएपछि प्रसाइले कार्यबाहक सिइओको भुमिकामा थिए।